Sajhamanch Archive

नेपाल–जापान बैठक : श्रमिक भर्ना अप्रिलदेखि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ — बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो ।

नेपाली श्रमिकलाई जापान लैजाने सवालमा दुई देशबीचको यो प्रारम्भिक बैठक हो ।
पहिलो बैठकमै श्रमिक भर्ना प्रक्रियासँग सम्बन्धित महत्त्वपूर्ण विषयमा आआफ्ना धारणा राख्ने काम भयो,’ बैठकको नेतृत्व गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘यसले दुई देशबीच यथाशक्य छिटो द्विपक्षीय समझदारी गर्ने बाटो तय भयो ।’ आउँदो अप्रिलबाटै जापानले विदेशी श्रमिक लैजाने तयारी गरेको घिमिरेले बताए ।

जापानले आफ्नो देशमा श्रमशक्ति अभाव भएपछि विदेशबाट ल्याउने निर्णय गरेको थियो । बैठकमा जापानले विदेशी श्रमिकसँग सम्बन्धित अध्यागमन कानुन संशोधन गरेको जानकारी गराइएको थियो । नेपाली श्रमिकमाथि अनावश्यक भार पर्न नहुने, पारदर्शी ढंगबाट श्रमिक छनोट हुनुपर्ने, जापानी नागरिकसरह नै नेपालीलाई तलब र सेवासुविधा दिनुपर्ने, बिमा र सामाजिक सुरक्षा हुनुपर्ने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने सर्त नेपाली पक्षले राखेको थियो  ।कान्तिपुर दैनिक बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *