Sajhamanch Archive

एनएमसीको सन्देश मुलक सडक नाटक

Published: (Updated: ) in सहकारी by .

दूधे । शिवसताक्षीको दूधेमा शुक्रबार सहकारी सम्वन्धी सडक नाटक मञ्चन गरिएको छ । नेपाल बहुदेश्यीय सहकारी संस्थाको आयोजनामा परिर्वतन थिएटरले कचहरी नाटकको “जोहा” मञ्चन गरेको हो ।

नेपाल बहुदेश्यीय सहकारी संस्था दूधे सेवाकेन्द्र अगाडी सडकमा नाटक प्रस्तुत गरिएको थियो । सडक नाटकमा सहकारीमा आवद्ध भई आय आर्जन गर्न सकिन्छ भन्ने कुराई देखाइएको थियो । आज थोरै थोरै बचत गरे भोलिको भविष्य सुनिश्चित पार्न सकिन्छ भन्ने कुरा दर्शाएको थियो । एनमसीको सौलियत कृषि कर्जाबाट किसानले पशुपालन गरी आय आर्जन गर्न सके स्वदेशमै बसेर मनग्यै पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिइएको थियो । स्वस्थ्य बनौ अग्र्यानिक खाना पान गरौं स्वदेशकै माटोमा पसिना बगाउँ भन्ने सन्देश दिदै कलाकारहरुले प्रस्तुति दिएका थिए ।

सडक नाटकमा परिर्वतन थ्रिएटरका कविता नेपाल, विमला चिमोरिया, लीला विष्ट, अभिषेक गड्तौला, पूजा आचार्य, गणेश वस्नेत लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । सडक नाटक शिवगञ्ज, दूधे र कर्खामा प्रस्तुत गरिएको एनमसी सहकारी दूधे सेवाकेन्द्रले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *