राष्ट्र बैंक भन्छ, महँगी घट्यो
Published:
by .काठमाडौं । राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा महँगी कम भएको जनाएको छ। बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत छ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रूपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो।
निर्यात ११ प्रतिशत आयात ३४ प्रतिशले वृद्धि
पाँच महिनामा वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०।७ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोसाक, पस्मिना, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला र जुत्ता–चप्पललगायतका वस्तुहरूको निर्यात घटेको छ।
कान्तिपुर दैनिकबाट ।
Comments