Sajhamanch Archive

फेरि साउथ फिल्ममा भिलेन बन्दै अक्षय

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म २.० बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो ।

अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड(मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म ुइन्डियन २ु मा उनी फेरि एकपटक भिलेनको भूमिका गर्न राजी भएको खबर बाहिरिएको छ ।
अभिनेता कमल हासनका प्रायः सबै फिल्म सुपरहिट हुन्छन् । तर, उनका लागि माइलस्टोन साबित भएको फिल्म थियो ुइन्डियनु । यसमा उनले एक बृद्ध भारतीयको खतरनाक भूमिका निभाएकामा थिए । यो साल १९९६ मा आएको फिल्म हो ।

२५ वर्षपछि यो फिल्मको सिक्वेल ुइन्डियन २ु एकपटक फेरि बक्सअफिसमा धमका मच्चाउन तयार छ । सिक्वेलमा पनि उनी एग्रेसिभ ओल्ड इन्डियनको भूमिकामा देखिनेछन् । फिल्म निर्माता तथा निर्देशक एस। शंकरले हालै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।

फिल्ममा अभिनेता(राजनीतिज्ञ कमल हासन प्रमुख भूमिकामा छन् । शुक्रवारबाट फिल्मको छायांकन सुरु भएको छ । वर्ष १९९६ को साउथ फिल्म ुइन्डियनु मा काजल अग्रवाल र सिद्धार्थको पनि महत्वपूर्ण भूमिका थियो । यसमा कमलले पिता र छोराको दोहोरो भूमिका निभाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *