Sajhamanch Archive

भुटानी शरणार्थीको कथामा ‘रातो गलबन्दी’

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

चलचित्र ‘रातो गलबन्दी’को निर्माण हुने भएको छ । अनिष थापाले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो ।

यो चलचित्रमा संगीतकार कोशिश क्षेत्री र नायिका केकी अधिकारीको जोडीलाई दर्शकले पर्दामा देख्न पाउने भएका छन् । चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ ।

चलचित्रमा नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेतको लगानी रहनेछ । चलचित्रमा वुद्दि तामाङ, रमेश वुढाथोकी, अर्जुन गुरुङ, यज्ञवहादुर कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । किरण माइकलको कथामा तयार हुन लागेको चलचित्रले गाउँ र शहरको परिवेशलाई प्रस्तुत गर्नेछ ।

चलचित्रका निर्मातामध्येका एक हिमालले भने–‘भुटानी शरणार्थीको कथालाई चलचित्रले छोएको छ । शरणार्थीको सिविर भित्र बस्ने केटा र सिविर बाहिरकी केटीको कथामा यो चलचित्र बन्दैछ ।’ करिब ९० लाखको बजेटमा चलचित्र बनाउने योजना रहेको उनले सुनाए । चलचित्रलाई करिब २ महिना लगाएर खिचिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *