Sajhamanch Archive

मालीमा शान्ति सेनामाथि आक्रमण, १० सैनिकको मृत्यु, २५ घाइते

Published: in राष्ट्रिय समाचार, by .

मालीमा शान्ति सेनामाथि विद्रोहीले आक्रमण गर्दा १० सेनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ।

‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,’ राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ। उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो।

सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *