Sajhamanch Archive

अर्जुनधारामा प्रेस युनियनको आयुर्वेद स्वास्थ्य शिविर

Published: in राष्ट्रिय समाचार by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ९ स्थित कालिस्थानमा आयुर्वेद सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

नेपाल प्रेस युनियनको आयोजना, कालिकापीठ कालिस्थानको सहआयोजना तथा रविन आयुर्वेदिक औषधालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १५० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी प्रदान गरिएको छ ।

आयुर्वेद डाक्टर अहिल्या मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको शिविरमा एकलाख २० हजार मूल्य बराबरको औषधी वितरण गरिएको शिविर संयोजक रणदेव हजामले जानकारी दिएका छन् ।

युनियनका झापा अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख रानाले स्वास्थ्य उपचारमा पनि मुलुक पश्चिमातिर ढल्किएको बताउँदै पूर्वीय दर्शनमा आधारित आफ्नै खेतबारीमा पाइने जडीबुटीको उपयोगबाटै स्वस्थ्य रहने सकिने बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अर्जुनधारा ९ का अध्यक्ष पुण्य प्रसाई, गुरुकूल शिक्षा परिषद झापाका अध्यक्ष डिल्लीराम दाहाल, डा. अहिल्या मैनाली कालिकापीठका आचार्य रघुनाथ रिजाल, नारी सञ्चार गृहका कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी लगायतले आफ्नै घर आँगनमा पाइने जडीबुटीबाट उत्पादन गरिएको आयुर्वेदिक औषधीले कुनै पनि साइड इफेक्ट नगर्ने भएकाले यसको महत्व बढेको भनाई राखे ।

कार्यक्रम संयोजक रणदेव हजामले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको स्वास्थ्य शिविर कार्यक्रमको सञ्चालन युनियनका सचिव डिल्लीराम घोसाईँले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *