Sajhamanch Archive

अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानलाई टाई ब्रकेरमा ४–२ ले हरायो ।

यसैगरी जापानले साउदी अरबियालाई १–० ले पराजित गर्दा युएईले कीर्गिस्तानमाथी ३–२ को जित निकाल्यो ।

एसियन कप फुटबलमा यसअघि नैं चीन, ईरान र भियतनाम क्वाटरफाईनलमा प्रवेश गरिसकेका छन् ।

प्रि–क्वाटरफाईनलमा अब दुई खेल बाँकी छन् । आजराति दक्षिण कोरिया र बहराई भिड्दा कतारले ईराकसँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *