Sajhamanch Archive

पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने  अनुमान छ ।

यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ ।

यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उनले आग्रह गरेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *