Sajhamanch Archive

दिल्लीमा असिना–पानी, जाडो बढ्यो

Published: in राष्ट्रिय समाचार, विविधा by .

भारतको राजधानी दिल्लीमा केही दिनदेखि जाडो अत्याधिक बढेको छ । अझ सोमबार बेलुका असिनासहित पानी परेपछि चिसो थप बढेको छ ।

दिल्लीसहितका क्षेत्रमा असिनासहित पानी परेपछि चिसो बढेको र अझै केही दिन जाडो यस्तै रहने मौसमविदले बताएका छन् । जाडो बढेसँगै दिल्लीका बासिन्दा घरबाहिर निस्कने क्रम कम भएको छ।

मंगलबार बिहान पनि मौसम बदली भएको छ भने केही ठाउँमा मेघ गर्जनसहित पानी परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *