४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर
Published:
by .काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । आजको नागरिकबाट ।
Comments