Sajhamanch Archive

‘मनको कुरा मनमै’ बोलको म्यूजिक भिडियोबारे परिचर्चा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

काँकरभिट्टा । गायक एवम् नायक विजय श्रेष्ठले ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ आधुनिक गीतमा बनाइएको भिडियोका बारेमा आज पत्रकारसँग साक्षत्कार गरेको छन् ।

केही दिन अघिमात्र सो म्यूजिक भिडियो टेलिभिजनसहित युटयुवबाट रिलिज भएको हो । काँकरभिट्टाको इष्टपोइन्ट फोटोग्राफी सेन्टरको व्यवस्थापनमा आज आयोजित पत्रकार सम्मेलनमा गायक श्रेष्ठले आफ्नो नयाँ गीत मनको कुरा रिलिज भइसकेकोले गीत सुनेर–हेरेर सल्लाह सुझावका लागि संगीत पारखीहरुसँग अपेक्षा लिएको बताए ।

सानै उमेरदेखि गीत संगीत भनेपछि हुरुक्क हुने गायक श्रेष्ठ नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘स्वर एक साथ अनेक’ कार्यक्रममा प्रथम भएका थिए । श्रेष्ठले पहिलो पटक २०५७ सालतिर सपना नामक एल्बम बजारमा ल्याएका थिए ।

त्यसको ८ वर्ष पछि २०६५ साल मा “तिम्रो यादमा” नामको अर्काे एल्बम लिएर गायक श्रेष्ठ श्रोता माझ उदाए । “सपना एल्बमले छोटै समयमा निक्कै चर्चा पायो” गायक बिजयले खुशी व्याक्त गदैं भने ‘त्यही भएर पनि म चुप लागेर बस्न सकिन, अनि धेरै मेहनतका साथ नयाँ गीत र म्यूजिक भिडियो लिएर श्रोता सामु आएको छु ।’

सो गीतमा मोडल मनिषा सापकोटा र विजय आफैंले अभिनय गरेका छन् । सुवास प्रधानले निर्देशन गरेको सो भिडियो गोदावरी आसपासमा खिचिएको हो ।

करिव साढे ४ मिनटको उक्त म्यूजिक भिडियो प्रेमभावयुक्त र रोमान्टिक रहेको छ । गायक जितेन लेप्चाको संगीत रहेको उक्त गीतका शब्दहरु गायक विजय श्रेष्ठले रचना गरेका हुन् ।

रामकुमार केसीको छायाङ्कन रहेको भिडियोकोे सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियोमा राज मर्हजनकोे कोरियोग्राफी रहेको छ भने भिडियोको एरेञ्जमा चाद सिंहले मेहनत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *