Sajhamanch Archive

चिजले बजार पाएन, चिज उद्योगहरु धमाधम बन्द हुदै

Published: in राष्ट्रिय समाचार, समाज by .

इलाम जिल्लामा विकास संस्थानअन्तर्गत रहेका चारवटा चीज उत्पादन केन्द्र खस्किँदै गएका छन्।
आवश्यकता अनुसार दुध संकलन नहुनु र उत्पादित चिजले बजार नपाउँदा चिज उत्पादन केन्द्र दयनीय अवस्थामा पुगेका हुन् ।

दुग्ध उत्पादनमा अग्रणी स्थानमा रहेको इलामका चिज उत्पादन उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।

दैनिक ४५ हजार लिटरभन्दा बढी दूध प्रशोधन क्षमताका उद्योग धराशायी बन्दा एकातिर दूधले बजार नपाउने अवस्था छ भने अर्कोतर्फ धेरैको रोजगारी गुम्ने निश्चित छ ।

जिल्लामा निजी क्षेत्रबाट सञ्चालित २८ चिज कारखानामध्ये १० वटा बन्द भइसकेका छन् भने सञ्चालनमा रहेकाहरुको पनि स्थिति खराब नै छ ।

चिज उत्पादक व्यवसायी संघ इलामका उपाध्यक्ष गोविन्द खड्का चिजको बजार नभएको र कृषकलाई नियमित दुधको भुक्तान गर्न नसकेको गुनासो गर्छन् ।
यसैगरी दुग्ध विकास संस्थान अन्तर्गतका उद्योगलाई पनि समस्या नै छ ।

२०५३ सालदेखि सञ्चालनमा आएको पशुपतिनगरस्थित चिज कारखाना विघटनको अवस्थामा पुगेको छ । दैनिक ३ हजार लिटर दुध प्रशोधन गर्ने क्षमताको यो कारखाना नाममा मात्र सीमित हुन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *