Sajhamanch Archive

भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो ।

नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो ।

यसमा सहरी विकास मन्त्रालय पनि सहमत भइसकेको र तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने मन्त्रालयबीच प्रारम्भिक छलफलमा सहमति भएको छ । नयाँ पत्रिका दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *