Sajhamanch Archive

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।

नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २–० गोलअन्तरले पराजित भएको हो ।

बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो सराविया र विसाम बेन यडरले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफसम्म भने बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै दुई गोल खान पुग्यो ।

खेलको ५८औं मिनेटमा सरावियाको गोलबाट सेभियाले अग्रता बनाएको थियो ।

खेलको ७६औं मिनेटमा यडरले गोल गर्दै सेभियालाई २–० गोलको जित दिलाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *