Sajhamanch Archive

आज माघ १० मा विदेशी मुद्राको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

आज कोरियन वन केही पैसा बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घटेको छ ।

आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकिएको थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ । हिजो ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । बुधबार रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको थियो ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकिएको थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६७ पैसा थियो ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ५६ पैसा तोकिएको छ । बुधबार खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेको थियो ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो बुधबार खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *