Sajhamanch Archive

धनीयाँ खान जान्यो भने अमृत हुन्छ, नजाने मृत्युको कारण !

Published: in रोचक कुरा / टिप्स by .

काठमाडौं । कुनैंपनि कुराहरु आवश्यक्ता भन्दा धेरैं भयो भने त्यसले हाम्रो जीवनमा प्रत्यक्ष असर गर्दछ । त्यस्तैं आज हामी सबैंलाई सबैंभन्दा मनपर्ने धनियाँको बारेमा आज हामी कुरा गर्दैछौं । दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ ।

तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस् सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।

भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ ।

यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् । राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *