Sajhamanch Archive

पहिलो नेपालमा पटक एम्बुलेन्स दिवस मनाइयो

Published: in राष्ट्रिय समाचार, समाज by .

‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ आज नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस मनाइएको छ ।

काठमाडौंका सरकारी र नीजि अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो ।

एम्बुलेन्सको साईरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स ¥याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो ।

काठमाडौंमा सवारी चाप बढी रहेको अवस्थामा अस्पतालहरुले साईरन संकेतका एम्बुलेन्सलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

उनीहरुले सवारीजाम र जनचेतनाको अभावका कारण पनि एम्बुलेन्सले प्राथमिकता नपाउने गरेको भन्दै एम्बुलेन्सको महत्व बुझाउन जनचेतना र्‍याली निकालेको बताएका छन् । साईरन संकेतसहितका झण्डै दुईसय एम्बुलेन्स काठमाडौंका सडकमा एक साथ कुदाइएको थियो । एम्बुलेन्स दिवस मनाइयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *