सत्तापक्ष र प्रतिपक्षबीच छलफल चल्दै
Published: (Updated: )
by .प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रुपमा अघि बढाउन सभामुख कृष्णबहादुर महराको पहलमा अहिले संसद भवन नयाँ बानेश्वरमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबीच छलफल चलिरहेको छ ।
१ बजेदेखि बस्ने भनिएको संसद बैठक पनि नेताहरुबीचको बैठकका कारण केही समय सरेको छ ।
बैठकमा सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका सचेतक देव गुरुङ र सरकारका कानुनमन्त्री भानुभक्त ढकाल हुनुहुन्छ भने प्रमुख प्रतिपक्षका तर्फबाट कांग्रेसका उपनेता विजयकुमार गच्छदार र प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी रहेका छन।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठक पनि सत्तापक्षले पेलेर जान खोजे अवरुद्ध गर्ने उसले चेतावनी दिइसकेको छ । संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।
आजको बैठक अवरुद्ध नगराइ कार्यसूची अनुसार कारबाही अघि बढाउने विषयमा सहमति खोज्ने प्रयास स्वरुप सभामुखको पहलमा बैठक राखिएको हो ।
Comments