Sajhamanch Archive

कमल गाउँपालिकामा १२ जना कुष्ठरोगी भेटियो

Published: (Updated: ) in विविधा, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा कुष्ठ रोगी फेला परेका छन् ।

गाउँपालिकालाई कुष्ठ रोग मुक्त बनाउने अभियान अन्तरगत सञ्चालन गर्ने क्रममा कुष्ठरोगी फेला परेका हुन् । कमल गाउँपालिकाका साविक तोपगाछी गाविसमा ८ र लखनपुर गाविसमा ४ जना गरी जम्मा १२ जना कुष्ठ रोगी फेलापरेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

कुष्ठरोगीलाई विशेषज्ञबाट डाक्टरबाट उपचार सुरु गरिएको प्रमुख मिश्रले बताए । उनले रोगी भएका छरेछिमेकीलाई पनि २० जनालाई पनि कुष्ठरोग विरुद्ध औषधी खुवाइने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *