Sajhamanch Archive

एनएमसीको ३ महिने निःशुल्क विद्युत जडान तालिम

Published: (Updated: ) in विविधा by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको युवा सरोकार समिति तथा नेपाल सरकार व्यवसायिक तथा सीप विकास केन्द्र भद्रपुरको संयुक्त आयोजनामा तीनमहिने निःशुल्क विद्युत जडान तालिम सुरु भएको छ ।

शुक्रबार बिर्तामोडस्थित एनएमसी भवनमा सम्पन्न उद्घाटन कार्यक्रममा संस्था अन्तर्गतका समिति, अतिथि तथा सहभागी गरी जम्मा ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत २५ जना प्रशिक्षार्थीहरु लाभान्वित हुने एनएमसीका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए । उनका अनुसार सीप सिकेर स्वरोजगार बन्नका लागि युवालाई यसप्रकारको तालिम उपलब्ध गराइएको हो । संस्थाले विगतदेखि नै युवाका लागि स्वरोजगार सम्बन्धी विभिन्न प्रशिक्षणहरुको आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमले युवामा सीप विकासको क्षेत्र कार्य गरिने संस्थाले जनाएको छ । उपाध्यक्षले संस्थाको उद्देश्य अनुरुप युवाहरुलाई व्यावसायिक सीप प्रदान गर्दै उनीहरुको क्षमताको विकास गर्दै जिम्मेवार नागरिक बनाउने संस्थाको पहललाई सीप विकास केन्द्रले हृदयदेखि नै सहयोग गरेकोमा धन्यवाद दिए ।

कार्यव्रmमका प्रमुख अतिथि सीप विकास केन्द्रका केन्द्र प्रमुख सुमेन्द्र मण्डलले राज्यले थालेको यसप्रकारका तालिमलाई एनएमसीले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए । आगामी दिनमा यस किसिमको प्राविधिक तालिम वार्षिक रुपमा संस्थालाई प्रदान गर्नेगरी वहाँको जोड रहेको थियो । कार्यव्रmममा प्रमुख सहजकर्ता खड्गनारायण राजवंशी, सञ्चालक समिति सदस्य भगवती घिमिरे मैनाली, समिति सदस्यहरु राजु उप्रेती, एकेन्द्र उप्रेतीलगायतले बोलेका थिए । समिति संयोजक हर्क सुब्बा फ्याकको सभापतित्वमा सम्पन्न कार्यव्रmमको सञ्चालन सदस्य सचिव तथा संस्थाका प्रबन्धक चेतन शर्मा पौडेलले गरेका थिए ।

यसैगरी संस्थाको विषयगत समिति अतिरिक्त क्रियाकलाप तथा सामुदायिक सरोकार समितिको आयोजनामा एकाइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडस्थित एनएमसी भवनको सभाहलमा सम्पन्न प्रतियोगिताको उपाधि धुलाबारी कार्यालय अन्तर्गतको एकाइ नं. ३ ले हात पारेको छ । विकेन्द्रीकरणको मान्यता स्वरुप संस्थाले आफ्ना ३३ वटै कार्यालयमा गठित गरेका एकाइहरु बीच प्रारम्भिक चरणको हाजिरीजवाफ प्रतियोगिताबाट छनोट भएका १५ वटा एकाइको अन्तिम चरणको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगितामा चन्द्रगढी कार्यालयको एकाइ नं. ५ दोस्रो र सुरुंगा कार्यालयको एकाइ नं. ८ तेस्रो भए । त्यसैगरी काँकरभिट्टा कार्यालयको एकाइ नं. १२ ले सान्तवना स्थाना हासिल गरेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने एकाइलाई आगामी १९ गते शनिबार दुहागढीमा सम्पन्न हुने एकाइ परिषदको भेलामा विशेष सम्मान गरिने समिति संयोजक माधवचन्द्र प्याकुरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *