Sajhamanch Archive

भारतको गणतन्त्र दिवसमा नेपालबाट शुभकामना सन्देश

Published: in राजनीति, राष्ट्रिय समाचार by .

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरे ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *