Sajhamanch Archive

जिप दुर्घटनामा शसस्त्रका एसपी पोखरेलको मृत्यु, सीडीओ सहित चार घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी)बलराम पोखरेल छन् ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी९सिडिओ० गणेश भट्टराईसहित ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्किएको बा १ झ १६३३ नम्बरको स्कार्पियो जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको सो जिप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *