Sajhamanch Archive

एक बन्दुकधारीद्वारा गोली प्रहार गरी पाँच जनाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली प्रहार गरेर पाँच जनाको हत्या गरेका छन् ।

लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँच जनाको मृत्यु भएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षीय डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि थेरिओट भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि पनि गोली प्रहार गरेका थिए ।

गोली लागेर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *