स्वर्ण महोत्सव अन्तर्गत नृत्य प्रतियोगितामा, फोनिक्स इङ्लिस स्कुल प्रथम
Published: (Updated: )
by .कमल । कमल गाउँपालिका स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा भएको नृत्य प्रतियोगितामा फोनिक्स इङ्लिस स्कुल प्रथम भएको छ ।
विद्यालयको स्वर्ण महात्सव अन्तर्गत भएको नृत्य प्रतियोगितामा निहारिका इङ्लिस स्कुल द्वितीय र वाणी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका निर्णायक समितिको सदस्य विमल नेपालले जनाकारी दिए ।
विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाका उपाध्याक्ष वेनु सिवाकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर गुरुङ्ग प्रधानाध्यपक काजीमान पौडेलले ट्रफी, प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगितामा कमल गाउँपालिका १२ वटा विद्यालय सहभागी जनाएका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका बालक्वल अध्यक्ष प्रिती सुवेदीले गरेकी थिइन् ।
Comments