Sajhamanch Archive

प्रवासीहरुको सहयोगले घिमिरे परिवारमा खुसी फर्कियो

Published: (Updated: ) in विविधा, by .

युएई । प्रवासमा कार्यरत नेपालीहरुको सहयोगी एवम् परोपकारी भावनाले फेरि एउटा परिवारमा खुसियाली फर्किएको छ । भोजपुर षडानन्द – ११ का केदार घिमिरेको परिवारमा खुसी फर्किएको हो ।

घिमिरेको उपचार सहयोगार्थ संकलित रकम ६७ हजार ३७० रुपैया युएईबाट ५६हजार ७७० तथा मलेसियाबाट १० हजार ६ सय परिवारलाई प्रदान गरिएको छ । सो रकम समाजसेवी शिवकुमार राई, लोकबहादुर राई र बिदुर साम्पाङ्ग राईको उपस्तिथिमा घाइते परिवारलाई हस्तान्तरण गरिएको सहयोग अभियानका सल्लाहकार भक्त बहादुर तामाङले जानकारी दिए ।

घिमिरेलाई आफ्नै गोरुले हान्दा गम्भीर घाइते भएका थिए । उक्त घटना पश्चात घिमिरेको विराटनगर स्थित मोडेल अस्पतालमा शल्यक्रिया गरिएको थियो । कमजोर आर्थिक अवस्थाको कारण उपचारमा समस्या आएपछि भोजपुर स्थायी बसोबास भै युएईलाई कर्म थलो बनाई कार्यरत भोजपुरेहरु ज्ञानेन्द्रबहादुर राई संयोजक तथा भक्त बहादुर तामाङ र राम कुमार तिरुवा सल्लाहकार रहेको ७ सदस्यीय सहयोग समिति गठन गरि सहयोग संकलन अभियान चलाएको थियो । त्यसैगरी मलेसियामा अर्जुन रिमालको सकृयतामा सहयोग संकलन गरिएको हो ।

आफ्नो उपचारार्थ प्राप्त सहयोगले आफुले पुनर्जीवन पाएको साथै परिवारमा खुसियाली फर्किएको बताउदै घाईते घिमिरेले आफ्नो उपचारकोलागि सहयोग गर्नुहुने सबै व्यक्ति तथा संघ संस्थालाई धन्यवाद व्यक्त गरे ।

सहयोग अभियानका सल्लाहकार भक्त बहादुर तामाङले प्रवासबाट विगत देखि नै सामाजिक क्षेत्र तथा अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमापनी सहयोगलाई निरन्तरता दिने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *