Sajhamanch Archive

निर्मला पन्त प्रकरणमा डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरूमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा चारवटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।

अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरूबाट लापरबाही गरिएको आयोगले जनाएको छ ।

‘प्राप्त डीएनएको अटोसोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै वाइएसटीआर प्रविधिबाट मात्र परीक्षण गरिएकाले यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकहरूलाई छानबिन दायरामा ल्याउनू’ , आयोगले भनेको छ । कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *