Sajhamanch Archive

साथी र प्रेममा के फरक

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by .

यदि कुनै विपरितलिंगी साथीसँग तपाईं घनिष्ठ रुपमा जोडिनुभएको छ भने, हामी भन्छौं ऊ तपाईंको प्रेमी वा प्रेमिका हुन् ।

तर, साथी र प्रेमी वा प्रेमिका एकै हुन् रु कसैसँग प्रेमिल सम्बन्ध नराखी मित्रता गाँस्न सकिदैन |

कहिले काहीँ हामी पनि यस विषयमा भ्रमित हुन्छौं । आफुले साथी ठानेका व्यक्तिसँग कतै मेरो प्रेम पो छ कि |

कुनै विपरितलिंगी साथीसँगको हाम्रो आशक्ति कस्तो किसिमको हो रु हामीविच विशुद्ध मित्रता मात्र छ वा त्यो भन्दा बढी रु यसका लागि हामी स्पष्ट हुनुपर्छ । किनभने भोलिका दिनमा आउने संभावित अप्ठ्यारा वा जटिलताबाट बच्न पनि हामीले आफ्नो सम्बन्धबारे स्पष्ट हुन जरुरी छ ।

यही विषयमा चिन्ति हुनुहुन्छ भने केही समय पर्खिएर आफ्नो भावनाको मुल्याङ्कन गर्नुस् र थाहा पाउनुस् की यो कति गहिरो भावना हो । तब मात्र तपाईंले थाहा पाउन सक्नुहुन्छ त्यो सम्बन्ध केवल साथी हो या साथीभन्दा पनि बढी केही हो ।

केही तरिका छन् जसको मद्दतले तपाई जान्न सक्नुहुन्छ की प्रेम र साथीमा के फरक छ रु ताकी तपाईले प्रेम ठानेर आफ्नो असल साथी गुमाउन नपरोस् ।
मन पराउनु वा विचार मिल्नु

जो साथी हुन्छ उसको बारे धेरै कुरा आदानप्रदान हुन्छ । मन पराउँछ भने उसको विचार एकै प्रकारको हुने गर्छ । तर, प्रेममा यस्तो हुँदैन । यदि तपाईं कसैको प्रेममा हुनुहुन्छ भने विचार र मन अत्याधिक हुने गर्छ । जसले एक अर्कालाई आकषिर्त गरिरहेको हुन्छ । र, एक अर्काको विषयमा अत्याधिक सोच्ने गर्नुहुन्छ ।

भावनाको गहिराई

केही कुराहरु यस्ता हुन्छन् जुन आफ्नो साथी र प्रेमी दुवैमा समान रुपमा महसुष गर्न सक्नुहुन्छ । तर, तपाई कति गहिराई र कति पटक त्यो कुराको महशुस गरिरहरनु भएको भन्ने कुरा सम्झनुहोस् ।

त्यसैबाट थाहा लाग्छ तपाई ऊ तपाईंको साथी हो वा प्रेम गर्न थाल्नुभएको छ ।

कुरा गर्ने तरिका

आफ्नो साथीसँग कुरा गर्ने तरिका र प्रेमरप्रेमिकासँग कुरा गर्ने तरिका पनि फरक हुने गर्छ । साथीसँग एक आपसमा निकै सामान्य तरिकाले कुरा गरिन्छ । एक अर्कालाई विभिन्न निक नेमबाट पनि बोलाउने गरिन्छ । जवकी जोसँग प्रेम गर्नुहुन्छ, उसँग कुरा गर्ने तपाईको लवज नै फरक हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *