Sajhamanch Archive

विराटचोक–विराटनगर सडक खण्डमा निषेधाज्ञा जारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

विराटचौक । मोरङको विराटचौक ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्युको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधआज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचौकदेखि विराटनगर जाने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा जारी गरेको बताए।

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षा बिग्रने सक्ने अवस्थालाई मध्यनजर गदै निषेधाज्ञा जारी गरेको केसीले बताए। घटनामा केही सबारीसाधन आगजनी भएको र स्थिति अहिले पुरै नियन्त्रणमा आइसकेको बताउँदै प्रजिअ केसीले घटनाको बिषयमा अनुसन्धान हुने र दोषी देखिए कारबार्ही गर्ने बताए। बिराटचौकमा अहिलेसम्म १० वटा टिपरमा आगजनी भएको छ।

घटनाको विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको केसीले बताए। टिफरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्युपछि आक्रोशित भएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा अहिले सुन्दरहरैंचामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

पूर्वपश्चिम राजमार्गको विराटचोकदेखि दक्षिण बेलेपुरसम्म विराटचोक–विराटनगर सडक खण्डमा लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन्। घटनास्थल सुन्दरहरैंचाको सिसौंघारी क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको भए पनि स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन्। निषेधाज्ञाका बाबजुद पनि प्रदर्शनमा उत्रनेको संख्या बढिरहेको घटनास्थलमा रहेका पत्रकार महासंघ सुनसरी सहसचिव ध्रुव ढकालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *