नेपाललाई ऐतिहासिक सफलता, जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज
Published:
by .काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो।
यो जितसँगै नेपालले सिरिज २(१ ले जितेको हो। नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान रह्यो। उनले १५ चौका र एक छक्काको मद्दतले १०९ बलमा ११५ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा पारसको यो पहिलो शतक हो। नेपाललाई युएई २५५ रनको चुनौती दिएको थियो। उक्त चुनौती नेपालले ३२ बल बाँकी छदै पूरा गरेको हो। नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१, अर्का ओपनर बसन्त भण्डारीले १७ बलमा ९ रन बनाएका थिए।
त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा सन्दिप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २४ बलमा १६ रन बनाए। अन्तिममा क्रिजमा रहेका सोमपाल कामी र आरिफ शेखले क्रमशः २६ र २१ रन बनाएका थिए। युएईका लागि सुरुमा ब्याटिङ गरेको युएईले पछिल्ला ओभरहरूमा अत्यन्तै आक्रमक ब्याटिङ गरेको थियो। नेपालका लागि करण केसी र पारस खड्काले समान २(२ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले १(१ विकेट लिएका थिए।
Comments