Sajhamanch Archive

अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताए ।

तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् ।

अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

अमेरिकी वित्तमन्त्री स्टिवेन मनुसिनले अब भेनेजुएलाको तेल बिक्रीको पैसा मादुरोको सरकारसम्म नपुग्ने बताए । उनले तेल कम्पनीले खुआन गोइदोलाई नेता मानेर प्रतिबन्धबाट बच्नसक्नेसमेत बताए ।

उनले अमेरकास्थित सहायक कम्पनी सिटगोले आफ्नो काम जारी राख्ने तर त्यसका लागि अमेरिकाकै सुरक्षित खातामा पैसा जम्मा गर्नुपर्ने बताए । भेनेजुएला आफ्नो तेलको बिक्रीमा अमेरिकामा निर्भर छ । भेनेजुएलामा उत्पादित ४१ प्रतिशत तेल अमेरिकामा निर्यात हुने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *