Sajhamanch Archive

जिखेविस झापा : ८ खेलमा प्रशिक्षक नियुक्त

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि झापामा स्वयम्सेवक प्रशिक्षक नियुक्त गरिएको छ ।

प्रतियोगितामा जिल्लाबाट भाग लिने खेलाडीलाई प्रशिक्षण दिन ८ वटा खेल विधाका प्रशिक्षक नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए । मङ्गलबार ८ जना प्रशिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको हो ।

समितिले फुटबलतर्फ युगलकिशोर राई र अस्मिता खवास, जुडोतर्फ गङ्गाबहादुर खड्का, क्रिकेटतर्फ वीरु श्रेष्ठ, कबड्डीतर्फ मेनुका राजवंशी, खो–खोतर्फ जयप्रसाद राजवंशी, ब्याडमिन्टनतर्फ दिनेश राई तथा टेबलटेनिस र करातेतर्फ जमुना राई नियुक्त भएका हुन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने झापाली खेलाडीलाई नियमित प्रशिक्षण दिई दक्ष बनाउने उद्देश्यले प्रशिक्षक नियुक्त गरिएको समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *