Sajhamanch Archive

१३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।

काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेपछि घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् । सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ। मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ ।नयाँ पत्रिका बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *