एकैपटक निगमका १० जहाज ग्राउन्डेड
Published:
by .काठमाडौं–नेपाल वायु सेवा निगमका १४ विमानमध्ये मंगलबार एकैदिन १० वटा ग्राउन्डेड हुन पुगे ।
निगमसँग आन्तरिक उडानका लागि साना तथा मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जेट विमान छन् ।
स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ग्राउन्डेड भएको भएको सम्भवतः पहिलो पटक हो । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो ।
कान्तिपुर दैनिक बाट ।
Comments