Sajhamanch Archive

७ केजी तौल बढाउँदै जाह्नवी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

जाह्नवी कपूरले २०१८ मा फिल्म ुधडकु बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहिले उनी इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । योसँगै उनीसँग करण जोहरको मल्टिस्टारर फिल्म तख्तु पनि छ ।

अहिले भने जाह्नवीको सारा फोकस गुञ्जनको बायोपिकमा छ । क्यारेक्टरमा आफूलाई ढाल्न उनले निकै मिहिनेत गरेकी छन् । भारतीय मिडियाका अनुसार, हाल उनी आफ्नो वजन बढाइरहेकी छिन् । फिटनेस र डाइट कन्सियस उनलाई वजन बढाउन निकै मुश्किल भइरहेको बताइएको छ ।

चरित्रमा आफूलाई पूरै तरिकाबाट उतार्नका लागि जाह्नवीले आफ्नो करीब ७ केजी तौल बढाउनेछिन् । चरित्रलाई न्याय गर्न जाह्नवीले गुञ्जनसँग पनि थुप्रै पटक भेट गरिसकेकी छन् । गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट हुन् ।

गुञ्जनले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् । उनलाई शौर्य चक्रबाट समेत पुरस्कृत गरिएको छ । यो पुरस्कार पाउने उनी पहिलो महिला हुन् । उनी आफ्नो बहादुरीका कारण संसारभर प्रख्यात छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *