Sajhamanch Archive

बलिउड नायिका राखी विराटनगरमा, लाइभ कन्सर्ट

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बलिउडकी नायिका राखी सावन्त विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् । अन्य कलाकारसँगै राखीले आज विराटनगरमा आफ्नो प्रस्तुति दिँदै छन् ।

विवाद र चर्चामा आईरहने नायिका सावन्तले हट आइटम डान्स गरेर विराटनगरबासीलाई मनोरञ्जन दिनेछिन् । सावन्त फरर्फमेन्स दिने गोपाल फन पार्कमा बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ का संयोजक सलिम अन्सारीले जानकारी दिए । उनले भने,‘‘उहाँसँगै अन्य चर्चित भारतीय तथा नेपाली कलाकारको प्रस्तुति रहने छ ।’’ उनले पूर्वीक्षेत्रका मनोरञ्जन प्रेमी दर्शक स्रोतका लागि बलिउडका कलाकार ल्याएर कार्यक्रम गरिएको बताए ।

गोपाल फनपार्कमा ८ लाख रुपैयाँ खर्चिएर स्टेज निर्माण भएको छ । यसबाहेक अन्य सबै तयारी पूरा गरिएको छ । सँधै विवाद र चर्चामा रहने राखी सावन्तले नेपालको प्रकृति र यहाँका मानिसहरुको व्यवहार आफूलाई निकै मन पर्ने गरेको प्रतिक्रिया दिएको अन्सारीले बताए ।
सावन्तले आजदुई पटक गरेर जम्मा २० मिनेट आइटम डान्स गर्नेछिन् । दुई इन्ट्रीमा हुने उनको आइटम डान्ससँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिनेछन् । अन्सारीले भने,‘‘विरानगर आज बलिउडमय हुँदैछ । भरपुर मनोरञ्जन हुनेछ ।’’

राखी सावन्त सन् १९९७ मा रिजिल भएको फिल्म अग्नीचक्रबाट बलिउडमा पाइला चालेकी थिइन । खासगरी रियालिटी शो र लाइभ पर्फमेन्सको लागि उनको अधिक डिमान्ड हुनेगर्छ । सावन्त सलमान खानको रियालिटी शो बिगबोसको पहिलो सिजनमा सहभागी भई निकै चर्चा र विवादमा आएकी थिइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *