Sajhamanch Archive

बावुको दशगात्र कर्ममा तीन छोरीहरु, परिवर्तनको सुरुवात आफैंबाट गरौं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by .

झापा । नेपालको राजनीतिक परिवर्तनका लागि जीवन आहुती दिने नेत्र घिमिरेको परिवार यतिबेला सांस्कृतिक परिवर्तनका लागि पनि अग्रसर देखिएको छ । शहीद नेत्र घिमिरेका सहोदर भाइ देवी घिमिरेको माघ १० गते ६२ वर्षको उमेरमा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा असामयिक निधन भएपछि उनका तीनजना छोरीहरुले यतिबेला कोरो ढिकुरो गरेर दशगात्र कर्म गरिरहेको छन् ।

साविक गरामनी गाविसका अध्यक्ष रहिसकेका घिमिरेको निधन पछि छरछिमेकी र आफन्तहरु दशगात्र कर्म गराउनका लागि पुरुष पात्रको खोजी लागिरहँदा परिवारले भने यो सबैको आवश्यकता महसुुस नै गरेन । तिनै छोरीहरु र श्रीमतीले स्वर्गीय देवीलाई मुखाग्नी दिए र आज तिनैले दशगात्र कर्म गरिरहेका छन् ।

पुरुष किरियापुत्रीहरुमात्र थलामा गएर ढिकुरो बनाउने, पिण्ड दिनेजस्ता कार्यहरु गर्दै आएको पहाडिया समुदायसँग दृष्टान्त छन् । तर स्वर्गीय घिमिरे परिवारका तीनजना छोरीहरु विञ्जु लुइँटेल, इञ्जु प्रसाईं र रञ्जु संग्रौला यतिबेला निसंकोच बाबुको दशगात्र कर्म कोरोढिकुरो गरिरहेका छन् । यसै पनि समाज रुपन्तारिक छ । विभिन्न कालखण्डमा भएका क्रान्तिको विज स–साना नै थिए, तर त्यसको परिमाण भने निक्कै ठूलो भएका हामीसामु प्रसस्त उदाहरणहरु छन् ।

किन स्वर्गीय देवी घिमिरेका तीन छोरीहरुलाई दशगात्र कर्ममा अग्रसर गराई कोरो ढिकुरो गराइयो ? के सोचेर छोरीहरुले परिवारका अग्रजको निर्णयलाई शिरोपर गरे ? शास्त्रले के भनेको छ ? घिमिरे परिवारले सांस्कृतिक रुपान्तरणको शंखघोष गर्दा समाजलाई कस्तो असर गरिरहेको छ ?

आउनुस्, हेरौं–सुनौं यो रिपोर्ट । शहीद परिवारले झापाबाट फुक्यो सांस्कृतिक परिवर्तनको विगुलः

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *