मन्त्रालयले नै खुवाउन थाल्यो मन्त्रीलाई तलब, तेल पनि मन्त्रालयले नै हालिदिने
Published:
by .मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो ।
नयाँ व्यवस्था शुरु भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेको छैनन् ।
मन्त्रीलाई दिइने इन्धनबापतको पैसा दिन छोडिएको छ । अहिले मन्त्रालयले नै इन्धन हालिदिने गरेको छ । पुसमा मात्र मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरे पनि पुसदेखिकै तलब मन्त्रालयले खुवाएको हो । नेपाल समाचारपत्र बाट।
Comments