Sajhamanch Archive

शहीद दिवसको अवसरमा कमल गाउँपालिकाद्वारा विद्यालय तथा शिक्षक सम्मानित

Published: (Updated: ) in समाज by .

कमल । शहीद दिवसको अवसरमा झापाको कमल गाउँपालिका शिक्षा शाखाले शिक्षा क्षेत्रमा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाले विद्यालयलाई उत्कृष्टता सम्मान र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।  सामुदायिक विद्यालयतफ श्री कमला मदन आश्रित स्मृती माध्यामिक विद्यालय र संस्थागततर्फ निहारिका अंग्रेजी माध्यामिक विद्यालयलाई सम्मान गरेको हो ।

त्यसैगरी २०७४ सालको एसईई परीक्षामा सबै भन्दा बढी जिपिए ल्याउने सामुदायिकतर्फ विद्यालयका अविशेक गौतम र श्रद्धा बस्नेत र संस्थागततर्फका कैलाश कुरुवाङ्ग र आकृति श्रेष्ठ, स्मृता श्रेष्ठ रमिला फागोलाई सम्मान पत्रसहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा २०७५ सालमा उत्कृष्ट विद्यालय भर्ना गर्ने विद्यालय मंगलमय माध्यमिक विद्यालय सम्माति भएको छ । सो विद्यालयले ४३८ विद्यार्थी आफ्नो विद्यालयमा भर्ना गराउन सफल भएको हो । विद्यालयको सरसफाई तथा शैक्षिक वातावरण तर्फ महेन्द्र रत्न माध्यमिक विद्यालय र कालिका आधारभुत विद्यालयलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख भोलानाथ दाहालले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट व्यवस्थापन समितिमा ज्योति माध्यमिक विद्यालयका अध्यक्ष तिलक खड्कालाई समेत सम्मान गरिएको छ । सेवा निवृत्त शिक्षकतर्फ कुलदिप ढुङ्गेललाई मरणेपरान्त सम्मान गरिएको थियो । त्यस्तै शिक्षक दिपक सुवेदी, फडेन्द्र सुवेदी, चन्द्र बहादुर नेपाली, नारायण गौतम लगायत ११ जना शिक्षलाई सम्मन गरिएको गाउँपालिकाले जनाएको छ । उत्कृष्ट शिक्षकतर्फ यामकुमार दंगाल, सुवबहादुर राई, सुमन गौतम रामकुमार राई, चन्द्र बहादुर खत्री लगायत १२ जना शिक्षकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बाल कक्षा र कक्षा १ का १ हजार २७ जना लाई स्कुल व्याग वितरण गरिएकोे थियो भने विद्यालयबाट सिफारीस भई आएका ५० जना विद्यार्थीहरुलाई साईकल समेत वितरण गरीएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, प्रमुख प्रसाशकीय अधिकृत युवराज ढकाल, स्रोतव्याक्ति केशव भट्टराई नारायण गौतम वाल क्लव अध्यक्ष अभिषेक गौतम, शिक्षक महासंघ अध्यक्ष हिम प्रसाद दहाल लगायतले सम्मानित शिक्षक तथा पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *