Sajhamanch Archive

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति करीब १०ः३० बजे ना५३प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । (रासस)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *