Sajhamanch Archive

चिसोका कारण कम्तीमा ७ जनाको

Published: in राष्ट्रिय समाचार, विविधा by .

अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो ।

चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ ।

विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ ।

उत्तरी डाकोटाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ ।

सिकागोका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि बढी जाडो महसुस गरिएको छ ।

अमेरिकी मौसम पूर्वानुमान केन्द्रले केही राज्यमा आजबाट पुनः हिमपात हुने प्रक्षेपण गरेको छ ।

विस्कन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *