एकता कपुर बनिन् आमा
Published:
by .बलिउडमा अहिले बिबाह नगरी माता–पिता बन्ने लहर नै चलेको छ । बिबाहित कलाकारले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिने गरेका छन् । अविवाहित कलाकारमा त झन्, सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने लहर चलेको छ ।
करण जोहर, तुषार कपुरले बिहे नै नगरी बच्चालाई जन्म दिइसकेका छन् । अब, बलिउडकी अर्की एक चर्चित निर्मात्रीले पनि बिहे नगरी बच्चालाई जन्म दिएकी छिन् । टेलिसिरियलको दुनियाँमा सफल मानिएकी निर्मात्री एकता कपुरले सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिएकी छिन् ।
जनवरी २७ मा एकताले बच्चालाई जन्म दिएकी हुन् । अहिले बच्चा अस्पतालमै छन् भने केही दिनमा नै एकताको घरमा ल्याउने तयारी गरिएको छ । बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एकताका भाई तुषारले सेरोगेसीको माध्यमबाट लक्ष्यलाई जन्म दिएका थिए । लक्ष्य एकताको नजिक छन् ।
केही समय अगाडि एकताले बिहे नगर्ने त आमा बन्ने बताएकी थिइन् ।
Comments