Sajhamanch Archive

सरकारको एकमात्र लक्ष्य विकास र समृद्धिः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कसैले चिन्ता लिनु पर्ने दिन कहिल्यै नआउने वताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिदै प्रम देश विकासका लागि ‘सरकारले चौतर्फी तीव्र गतिले काम गरिरहेको जानकारी दिए ।

झापाको दमक नगरपालिकाले आयोजना गरेको पाँच दिने प्रदेशस्तरीय वृहत बाल महोत्सवको उद्घाटनका क्रममा प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीवाट नेपालले फड्को मार्नेमा जोड दिए । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडी बढेको वताउदै उनले विकास र समृद्धिको महान यात्रामा अव सबैै नेपालीहरु एक ढिक्का हुनु पर्ने खाँचो रहेको औल्याए । उनले देशको साझा लक्ष्य प्राप्तिका लागि कसैले वाधक बन्न नहुने धारणा राखे ।

सरकारले सुखी नेपाली र समृद्धि नेपालको परिकल्पना सरकारको लक्ष्य मात्र नभएर देशमै नै योजना भएको उनको जिकिर थियो ।
प्रधानमन्त्री ओलीले देशको विकाससंगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडी बढेको उल्लेख गरे ।

उनले वालमहोत्सवले बालवालिकाहरु भित्रका लुकेका प्रतिभाहरुलाई उजागर गर्ने अवसर भएको वताए । यस्ता महोत्सवहरु आफना क्षेत्रको पहिचान सँगै देशको आर्थिक विकासमा सघाउँ पुरयाउँन सहयोग पुग्ने माध्यम भएको उनको भनाई थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले झापा कमल गाउँपालिका केर्खा स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अबको शिक्षा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनमा सरकार लागीपरेको बताए ।
उनले विद्यालयले तयार पारेको स्मारिका विमोचन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *