Sajhamanch Archive

करिब आधा दलित समुदाय चरम गरिबीको रेखामुनि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

नेपालको २५।२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३।८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

पहाडमा ९।१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४।७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२।४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०।२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१।२२ प्रतिशत र प्रदेश २ मा ४७।८९ प्रतिशत जनता गरिब छन् । नयाँ पत्रिका बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *