Sajhamanch Archive

चिकित्सकहरु आन्दोलनमा, आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

डा . गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा.केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् ।

डा . केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।
नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा। केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो ।
संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *