Sajhamanch Archive

प्रकाण्डका छोरा गोलीसहित पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् ।

बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो ।

कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ ।

विश्वकर्माको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थल भित्र हुने चेकजाँचका क्रममा गोलीसहित पक्राउ परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विश्वर्मालाई मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *