Sajhamanch Archive

अमेरिकाको चिसोले रेकर्ड तोड्यो, अहिलेसम्म ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन अस्तव्यस्त बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ ।

युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी कलेज भवन बाहिर मृत भेटिएका छन् । १८ वर्षे गेराल्ड ब्लेजलाई बुधबार अचेत अवस्थामा भेटिएको थियो । उनलाई अस्पतालले पछि मृत घोषित गर्यो । अधिकारीका अनुसार उनको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

यस्तै, डेट्रोइडका ७० वर्षे वृद्धालाई छिमेकीको घरमा मृत भेटिएका हुन् । अधिकारीका अनुसार उनले अत्यधिक चिसोबाट बच्ने पर्याप्त लुगा लगाएका थिएनन् ।

मंगलबार, ५५ वर्षे चार्ली ल्याम्पको विस्कन्सीनको एक ग्यारेजमा मृत्यु भयो । स्वास्थ्यकर्मीका अनुसार उनको बाटो अवरुद्ध गरिरहेको हिऊँ हटाउने क्रममा मृत्यु भएको हो । साथै, पेकिनका ८२ वषेको हाइपोथर्मियाका कारण मंगलबार मृत्यु भएको हो ।

यस्तै, ७५ वर्षे एक वृद्धको सोमबार सिकागोमा हिउँले पुरेका कारण मृत्यु भएको छ । यसका साथै, नर्दन इन्डियानामा एक जवान जोडीको हिउँले ढाकिएको सडकमा ठोक्किएर मृत्यु भयो ।

बिहिबार अमेरिकाको तेस्रो ठूलो शहर सिकागोमा १९८५ को रेकर्ड तोड्दै माइनस ३२ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिने मौसमविद्ले अनुमान गरेका थिए । यहाँको तापक्रम जनवरीमा

द नेशनल वेदर सर्भिस (एनडब्लू एस) ले रकफोर्ड, इलियोनोइस र वेस्ट अफ सिकागोले अहिलेसम्मको न्यूनत तापक्रम माइनस ३२ डिग्रीको रेकर्ड तोडेको छ । बिहिबार यहाँको तापक्रम माइनस ३४ डिग्री मापन गरिएको छ ।

लोआका शहरले पनि न्यूनतम तापक्रमको रेकर्ड तोडिसकेको छ । कटन, मिनिसोटाको तापक्रम बिहिबार सबैभन्दा कम मापन गरियो । प्रारम्भिक डाटाका अनुसार यहाँको तापक्रम माइनस ४८ डिग्री रह्यो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *