मेरो सुविधा कटाई देऊ नगरबाट फुसको छानो हटाई देऊः नगरप्रमुख राई
Published: (Updated: )
by .लेटाङ । फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले टिनको छानो बितरण गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडी खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो हटाउने अभियान सुरु गरेको छ ।
नगरले ४ सय २५ घर परिवारलाई ३५ हजारका दरले एक परिवारलाई ३ बन्डल जस्तापाता बितरण गर्ने भएको छ । नगरले यसै बर्ष १ करोड ४८ लाख ७५ हजार बरावरको टिनपाता खरिद गरि बितरण गर्ने नगर प्रमुख शंकर राईले बताए ।
आफुले गाउँ गाउँमा सिहदरवार भनेर जनतालाई आश्वासन दिएकोले हाम्रो सुविधाका लागि गाडी किन्न नगरबाट पास गरिएको रकमले जनताका घरको छानो लगाउने काम गर्दै आएको नगरप्रमुख राईको भनाई छ । उनका अनुसार नगर भित्र रहेका विद्यालय, सामुदायिक भवन, प्रहरी चौकी, लगायतका सार्वजनिक महत्वका भौतिक पूर्वाधारहरुलाई मर्मत गरी चुस्त र दुरुस्त पार्ने काममा जनप्रतिधिले पाएको सुविधाबाट कटौति गरी नगरले काम अगाडी बढाएको छ ।
“मेरो सुविधा कटाई देउ नगर वाट फुसको छानो हटाईदेउ” भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता दिन नगर कार्यपालिकाले सुविधा भागी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडी लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरि जस्तापाता वितरण अभियानको थालनी गरिएको ३ नं.वडाध्यक्ष देवराज चाम्लीङले बताए । सामुदायिक वनको तर्फबाट पनि गरिव र बिपन्न वर्गलाई लक्षित गरि नगरको कार्यमा सहयोग गर्ने प्रदेश नम्वर १ का सामुदायिक वनका सचिव अग्नि पौडेलले बताएका छन ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद गुरागाई, स्थानिय सामुदायिक वनका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Comments