Sajhamanch Archive

चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौको यार्सागुम्बा अलपत्र

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् ।

बझाङमा प्रतिकिलो १५ देखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीदले १२ लाखमा मात्रै किन्ने भएपछि नेपाली व्यापारीदे बिक्री नगरेका हुन् । सुर्मा गाउँपालिकाका यार्सा व्यापारी उमेश काठमाडौं पु¥याएको १५ किलो यार्साको मूल्य घटेकाले बिक्री नभएको बताए । ‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर चिनियाँ व्यापारीले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने । उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ । (अन्नपुर्ण बाट )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *