Sajhamanch Archive

जिल्ला प्रहरी कार्यालयमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by .

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ ।

आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियतामा नियन्त्रणमा आइसकेको बताइएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *